मेसिनले गाँज्दै लगेको यो युगमा स्मरण शक्ति कमजोर हुनु, एक व्यापक र गम्भिर समस्या बन्दै गईरहेको छ भन्दा अतियुक्ति नहोला । अधिकांश मानिसहरुको स्मरण शक्ति लगभग एकै जस्तो भएको छ भने त्यहि कुनै-कुनै मेधावी व्यक्तिमा कुनैपनि कुरालाई याद राख्ने शक्ति आश्चर्यजनक पनि हुन सक्छ ।
त्यसैले यो भन्न सकिन्छ कि स्मरण शक्ति व्यक्तिमा एउटा आर्जित गुण पनि हो । स्मरण शक्तिलाई तेज बनाउनु या कम गर्नु हामीमा नै निर्भर हुन्छ ।
वैज्ञानिकहरुको भनाई अनुसार व्यक्तिको स्मरण शक्तिको गहिरो सम्बन्ध उसको ईच्छा, अनिच्छा, चाहना तथा रुचिसँग सम्बन्धित छ । स्मरण शक्ति तथा एकाग्रतामा कमी भएपछि व्यक्तिले कुनैपनि क्रियाकलापहरु राम्ररी गर्न सक्दैन । जस्तै, पढ्न, लेख्न, हिसाब-किताब गर्न, कुनै नौलो कुरा सिक्न आदी । व्यक्तिको उमेर ढल्दै जाँदा, पचास वर्षको उमेरपछि भने स्मरण शक्तिमा ह्रास हुनु स्वभाविक नै हो । तर कम उमेरमा यो समस्या हुनु आपत्तिजनक मानिन्छ । यसरी असामान्य रुपले स्मरण शक्तिको कमी हुनुलाई मेडिकल भाषामा अम्नेसिया (Amnesia) भनिन्छ ।
यसका कारणहरु :
यसका प्रमुख कारणहरुमा व्यक्तिमा रुचिको अभाव हुनु, काम सुनियोजित ढगंले क्रम अनुसार नगर्नु, एकै चोटी धेरै काममा हात हाल्नु, कामप्रति उपेक्षाको भावना राख्नु, कुनै कुरा याद राख्ने ईच्छा नहुनु, बिषयलाई पुरा मनोयोगले बुझ्ने कोशिस नगर्नु, चिन्तामा डुबिरहनु, शारीरिक या मानसिक बिरामी हुनु, धेरै मैथुन गर्नु, मस्तिष्क (ब्रेन) अविकसित हुनु, जन्मजात मस्तिष्कको विकृति हुनु, टाउकोमा कुनै प्रकारको चोटपटक लाग्नु, शारीरिक क्षमता भन्दा बढि काम गर्नु, क्रोध, भय, चिन्ता, अनिद्रा आदि लाई लिन सकिन्छ भने अन्य कारणहरुमा पौष्टिक तत्वको अभाव हुनु, उच्च रक्तचाप, डिप्रेसन तथा पेनकिलर औषधिको अत्याधिक प्रयोगबाट हुने साइडईफेक्ट आदि पनि यसका कारणहरु हुन् । त्यसैगरी मद्यपान सेवन गर्ने बानी, तनाव, थाईरायड, रगतमा सुगरको मात्र सामान्य भन्दा कम, अटोईम्युन डिजिज (Autoimmune Disease) आदिले पनि स्मरण शक्ति घटाउँछ ।
लक्षणहरु :
यस रोगको लक्षणहरुमा कसैको नाम ठेगाना बिर्सिनु, केहि दिन अगाडि भएका गरेका कुराहरु बिर्सिनु । पढेका, देखेका सुनेका कुराहरु याद नआउनु, कुनै ठाउँमा सामान राखेर बिर्सिनु, नयाँ कुराहरु जस्तै भाषा, संगीत, गायन, नृत्य, अभिनय कला आदि सिक्न गाह्रो हुनु, पढेर याद राख्ने ईच्छा नहुनु । कुनैपनि कुरा एकपटक भन्दा नबुझ्नु, अरुचि, आलस्य, चिडचिडापन, निराशाको भाव, घबराहट आदि हुन ।
सल्लाह :
आफ्नो समय अनुसार बिहान बेलुकी घुम्ने, याद राख्ने कुरामा गहिरो रुचि लिएर एकाग्रता एवं पुरै मनोयोगले याद गर्ने, निद्रा भरपुर लिने, कुनै कुरालाई क्रम अनुसार याद गर्ने र त्यसलाई प्रत्येक साता फेरि दोहोर्याउने, योगाभ्यास मेडिटेसन (ध्यान) अनुलोम बिलोम, कपालभाति गर्ने ।
के नगर्ने :
एकैपटक धेरै कुरा याद गर्ने प्रयास नगर्ने, आफ्नो स्मरण शक्तिको बिषयलाई लिएर सधै चिन्तित नहुने, रेडियो, टेलिभिजन एवं पत्रपत्रिकामा मेमोरिपावर बढाउने औषधिको विज्ञापनको चक्करमा नफस्ने, सकारात्मक सोच राख्ने, मानसिक तनावको संवेगलाई आफुमा हाबी हुन नदिने, राती धेरै बेर जागेर नपढने ।
खानपान :
सुपाच्य, हल्का, सन्तुलित, पौष्टिक खाना नियमित समयमा खाने । मौसम अनुसारको हरियो सागपात, सलाद, बन्दा, फुलकोभी, ब्रोकाउली, गान्टेमुला, गाजर, गोलभेंडा, चुकुन्दर, पालुंगो, अन्डा, माछा, दुध, दहि, महि, चिज, मख्खन खाने, दैनिक शुद्ध तीन लिटर पानी पिउने । फलफुलमा आँप, स्याउ, सुन्तला, स्ट्राबेरी, जामुन, भुईकटहर, केरा, खाने ।
निषेध :
तारेको, भुटेको, पिरो, मसालेदार खाना नखाने । चिया, कफि तथा धुम्रपानबाट टाढा नै बस्नु राम्रो । तम्बाखु, गुट्खा, नसालु पदार्थ गाँजा, भाँग आदि नखाने । मद्यपानको सेवन नगर्ने ।
उपचार :
असामान्य रुपले स्मरण शक्ति ह्रास भएमा यसले व्यक्तिको दैनिक व्यवहारमा समेत नराम्रो असर पर्न जान्छ । तसर्थ बेलामै यसको उपचार गराई हाल्नु पर्छ । होमियोप्याथिकमा यस समस्याको लागि अत्यन्तै राम्रो प्रभावकारी औषधिहरु छन् । जसको प्रयोग बिरामी को मानसिक एवं शारीरिक लक्षणहरुलाई ध्यानमा राखेर गरिन्छ । स्मरण शक्ति कमजोर भएको समस्या हेतु सफलता पुर्वक प्रयोग हुने औषधिहरु निम्न लिखित छन् ।
औषधि :
एनाकार्डियम, लाइको पोडियम, एगरिकस मसकेरियस, हेलोबोरस नाईगर, हायोसायमस, मर्कसल, नक्स भोमिका, फासफोरस, सल्फर, जिकंम मेटालिकम, नेट्रम सल्फ, लेक केनम, ग्लोनाईन, केनाबिस ईन्डिका, ईथुजा आदि ।
उपरोक्त औषधिहरुको सेवन आफ्नो नजिकको कुनै प्रशिक्षित होमियोप्याथिक चिकित्सकको सल्लाह लिई लिनु उचित हुनेछ ।