जीवन सुखद बनाउने ७ तरिकाहरु

१. परिवर्तन स्वीकार्नुहोस

जीवनलाई सुखद र स्वास्थ्यपूर्ण बनाउने हो भने सबैभन्दा पहिला आफ्नो सोचमा परिवर्तन ल्याउनु जरुरी हुन्छ । यदि तपाईंको दिनचर्या यान्त्रिक प्रकृतिको छ भने तपाईंमा अनेकौं समस्याहरु देखिन सक्छन् । दिनभरको कामको थकान, अव्यवस्थित खानपिन र काम सक्ने वित्तिकै ककटेलको साथले कहिँ कतै असर गरिरहेको हुनसक्छ । तपाईंका लागि शारीरीक अभ्यासको समय पनि नहुन सक्छ । मानसिक पीडा र डिप्रेसन (चिन्ता) ले छोप्यो भने त झन् तपाईंले कहिल्यै पनि राहत महसुस गर्न सक्नुहुन्न । त्यसैले आफ्नो जीवनपद्दतिलाई एउटा स्वस्थ तालिकामा ढाल्ने प्रण गर्नुहोस् र त्यो परिवर्तनलाई स्वीकार्नुहोस्।

२. दिमाग, शरीर र आत्माको सम्मान

तपाईंको अस्तित्व के मा निर्भर छ ? मान्नुहोस या नमान्नुहोस – दिमाग, शरीर र आत्मा नै तपाईंको अस्तित्वको समीकरण हो । यी तीन तत्वले जहिले पनि सन्तुलन खोजिरहन्छन् । काम, सम्बन्ध, पैसा, सिर्जना, अध्यात्म र खुसीजस्ता विषयबीच तालमेल छैन भने तपाईंको अस्तित्व पनि सन्तुलनमा हुँदैन । सामाजिक जीवन, घरायसी वातावरण, स्वास्थ्य र व्यायामबीच समन्वय गरेको अवस्थामा तपाईंले आफूमा धेरै परिवर्तन महसुस गर्न सक्नुहुन्छ।

अर्को कुरा, यदि तपाईं आफूमा समस्या छ भन्ने ठान्नुहुन्छ भने शरीरले बोलेको सुन्नुहोस । सन्तुलन बिग्रिएको कसरी सुन्ने र कसरी थाहा पाउने  ? टाउको दुख्नु, माइग्रेन हुनु, पाचन प्रणाली बिग्रिनु, अपाच्य हुनु, तनाव हुनु जस्ता कुराहरु नै पर्याप्त हुन्छन्, आँफैले आँफैलाई जाँच्नको लागी । त्यसैले के छ त समस्या भन्ने थाहा पाउनुस्, बुझ नपचाउनुस् र, समस्याहरुको निराकरण खोज्नुहोस् । आफुँले आफैलाई सम्हाल्न सके मात्र अरुलाई पनि सम्हाल्न सकिन्छ।

३. समय अनुकुल व्यायाम गर्नुहोस्

रोग लाग्ने खतराबाट मुक्त हुनका लागि सबैभन्दा अचूक मन्त्र हो व्यायाम । यसका लागि शारीरिक अभ्यासका विभिन्न तरिकाहरु बारे जानकारी राख्नोस् । स्वस्थ हुन, आफ्नो क्यालोरी खर्च गर्न विभिन्न खेलहरु पनि खेल्न सकिन्छ । जस्तै फुटबल, व्याटमिन्टन, दौड, योगा, कराँते।

४. पौष्टिक आहार

खानामा ध्यान दिँदा मात्र पनि तपाईंको स्वास्थ्य गतिलो हुनसक्छ । एउटै खानामा सम्पूर्ण पौष्टिकता पाईँदैन । कसैलाई प्रोटिन मन पर्छ, कसैको शरीरले मासु पचाउँदैन । व्यक्ति पिच्छे शरीरको प्रकृती पनि फरक फरक हुन्छ । के खाँदा शरीरले कस्तो प्रतिक्रिया दिन्छ, त्यो बुझ्नुस् र त्यही अनुसारको खाना रोज्नुस ।

अर्को कुरा, दिनको तीन पटक हरियो सागपात र फलफूल खानुहोस् । यसले शरीरको प्रतिरोधात्मक क्षमतामा वृद्धि गर्छ । गेडागुडी, फाइबर र मासुमा पनि बिशेष  ध्यान दिनुहोस्।

५. आफूलाई शिक्षित बनाउनुहोस

आफ्नो शरीर, दिमाग, आत्मा, पौष्टिक आहार, व्यायाम, पुरातन दबाई (औषधी) र आयुर्वेदबारे सक्दो जानकारी लिनुहोस् । कारण, आफ्नो मोटोपन घटाउन वा स्वस्थ रहन यस्ता कुराहरु उपयोगी हुन्छन् । किताब पढ्नुस्, व्लग पढ्नुस्, सेमिनार जानुस, कक्षा लिनुस् । तर यसलाई केबल श्रोेतको रुपमा लिनुस्।

६. निरन्तरता दिनुहोस्

स्वस्थ जीवन कायम गर्न निरन्तर लागिपर्नु पर्छ । जीवन परिवर्तन गर्ने उपाय यही हो । स्वस्थ्य जीवन नै पहिलो प्राथमिकतामा पर्नुपर्छ । स्वस्थ्य जीवन तपाईंको महत्वपूर्ण हिस्सा हो भने यसले अवस्य प्राथमिकता पाउँछ । नयाँ जीवन पाउन वा बनाउन कहिल्यै पनि ढिला गर्नु हुँदैन।

७. सहयोगी बनाउनुहोस

स्वस्थ हुने यात्रामा सफलता त्यसबेला मिल्छ जुनबेला तपाईंलाई साथ दिने मान्छे हुन्छन् । साथ दिने मान्छेहरुको सञ्जाल बनाउनोस् । आफ्नो यात्रालाई टेवा पुग्ने र प्रभाव पार्ने साथी पत्ता लगाउनोस् । फेसबुक र ट्वीटरमा स्वास्थ्य टिप्सबारे सल्लाह गर्नोहोस । जीवनलाई स्वस्थ बनाउन किन पछि हट्ने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *